कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

everest kitchen


काठमाडौं । गोरखामा कोरोना संक्रमित एक ४४ वर्षीया पुरूषको शव व्यवस्थापन कार्यमा स्थानीयले अवरोध गरेका छन्।

शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीया पुरूषको शव व्यवस्थापनमा लुदी र दरौंदी नदी दोभान नजिकैका स्थानीयले अवरोध गरेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ ।

Add
advertise

कार्यालयका अनुसार शव व्यवस्थापन स्थानीयकाे अवरोध भएपछि सम्झाइबुझाइ गरेर शव व्यवस्थापन गरिने कार्यालयले बताएको छ । गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ वक्राङको सीमामा पर्ने लुदी दोभानमा बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने तयारी थालिएको छ ।

मृतक केहि दिन पहिले मात्रै नेपाल फर्केका थिए । कतारमा कार्यरत मृतक कतारमै बिरामी परेका थिए भने नेपाल फर्कि सकेपछि गाउँ पुगेर गम्भिर बिरामी परेपछि प्राण त्यागेका थिए ।