नेपालमा कोरोना संक्रमित थप २ जना पुरुषको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । गएको २४ घण्टामा थप २ जनामा कोरोना संक्रमणकाे कारण मृत्यु भएपछि मृत्यु हुने संक्रमितको सङ्ख्या ३४ पुगेको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार म्याग्दी शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीया संक्रमित पुरूषको मृत्यु भएको हाे । उनी तीन दिनअघि कतारबाट नेपाल आएका थिए ।

Add
advertise

त्यस्तै रुपन्देहीको देवदह नगरपालिका ठेगाना भएका ७५ वर्षीया पुरुष रहेकाे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा क्षयरोगकमे उपचारको क्रममा मृत्यु भएको थियो । नेपालमा गएको २४ घण्टामा २३२ जना कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार २३२ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

त्यस्तै शनिबार २७२ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ६ हजार ४१५ जना पुगेका छन ।