चलानी : दिलिप राई सगर

Add
advertise
दिलिप राई सगर

लघुकथा : चलानी

दिलिप राई सगर

सिटी नुर्दियाना , एक सुन्दरी मलेसियन केटी । राज बहादुर चाहिँ कम्पनीको अपरेटर । हेन्डसम नेपाली केटो । उक्त कम्पनीमा सेक्युरिटी भएर आएको थियो । साथिभाइ स्टाफ माँझ । उ अलिक सन्कि गफाडी । कसैले मन पराउँ थेन उसलाई ।

” सायाङ ! आवा नोम्बर कासिह ला ! कल बोले चेखब ! (प्रीया तिम्रो फोन नम्बर देउ न ! हामी बोल्न हुन्छ नि ! ) ” उसले लाख कोशिस गरेर फोन नम्बर मागेर इमो जोइन्ड गरेको थियो । उनीहरु इमो, मेसेन्जरमा च्याट गर्ने र भिडियो कलमा बोल्ने गर्थे । स्टाफहरु जिस्काउँथे, ” कसरी नम्बर हात पारेउ यार ? केटी पट्याएर छाड्यौ है ! “

” हुनु पर्यो नि आँट । तिमिहरु जस्तो हुत्तिहारा हो र म? ” उसले नाक घिरौंला झैं पार्दै भन्थ्यो । सिटि र राजबिच खुलेर सेक्सका कुरा हुन थाले। हाँसी मजाक गर्दै निला फ्लिमहरु मेसेन्जरमा आदान प्रदान गर्थे र मोज लुट्थे एक आपसमा ।

केही महिना पछि ।
सेतो पुलिसको भ्यान आयो । होस्टेलमा र पुलिसहरु निस्किएर सिधै राजलाई रुमबाटै पक्रीएर लग्यो पुलिस चौकी । सबै स्टाफ तीन छक्क परे । कम्पनी भरी हल्ला फैलियो सबैले थाहा पाए ।
-” राजलाई होस्टेलबाट लग्यो रे पुलिसले “
-” किन पक्रीएर लग्यो होला ? “
-” खोई केही भनेन । थाहा नै भएन ! “
-” खुब मलेनीसंग लसपस थियो त्यसको झगडा परेछ कि के भयो ? हिरो पल्टिन्थो ! “
-” कति दिन थुन्छ होला नि ? “
-” आ बोसले निकालि हाल्छ ! “

उसलाई सिटीसंग फोनमा सेक्स च्याट र भिडियो पठाई यौन हर्कतको उजुरी परेको थियो तेसको बुढाले फोन भेटेर । मलेसियाको कानुन अनुसार यसो गरे उसलाई ३ बर्ष जेल र ५ हजार रिंगिट जरिबाना तिर्नु पर्नेछ ।

उसलाई क्षेत्रीय जेलमा चलानी गरियो ।