नेकपा शिर्षनेताहरूलाई दबाव दिन युवाहरूको धर्ना

everest kitchen


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि नेकपा भित्रको जारी विरोधलाई लियर रुपन्देहीमा आइतबार नेकपाका युवा कार्यकर्ताले धर्ना दिएका छन् ।

नेतालाई विधि र पद्धतिमा राख्न दबाब स्वरुप धर्ना दिएकाे नेकपाका युवाहरुले बताएका छन । नेकपा निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघका नेताहरुले जिल्ला पार्टी कार्यालय रुपन्देहीमा धर्ना दिँदै एउटा व्यक्तिको हठका कारण पार्टीको एकता नै संकटमा परेको भन्दै नेताहरु सच्चिनुपर्ने माग गरेका छन् ।

उनीहरूले ‘व्यक्तिभन्दा पार्टी ठूलो हो, एउटा व्यक्तिको हठले पार्टीको अस्तित्व नै संकटमा पर्न सक्छ’, ‘तिमी पार्टी मान्दैनौ ? पार्टी नमान्नेलाई हामी नेता मान्दैनौं !’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरुले शीर्ष नेताले विधिको पालना नगरेको भन्दै धर्ना दिएका थिए ।