झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाइदिने अधिकृत पक्राउ

everest kitchen

काठमाडौं । झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

आचार्यले २०७२ मंसिर १० गते झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता, राहदानी बनाई दिएको आरोप छ । उक्त कसुर मुद्धामा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका फरार आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Add
advertise

उनलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला अदालत झापामा बुझाइएको बताएको छ ।