भारत विश्वको धेरै कोरोना संक्रमित भएको तेश्रो मुलुक

everest kitchen


ऐजेन्सी । भारत विश्वको धेरै कोरोना संक्रमित भएको तेश्रो मुलुक बनेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइयबारसम्म देशभर कोरोना संक्रमित संख्या ६ लाख ९० हजार पुगेको जनाएको छ। पछिल्लो विश्व विवरण अनुसार संक्रमित संख्याको पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन्।

Add
advertise

भारतमा पछिल्लो कोरोना संक्रमित संख्या ६ लाख ९७ हजार ८ सय ३६ छ। हालसम्म १९ हजार ७ सय जनाको कोरोनाका कारण मृत्यु भएको उसले जनाएको छ।

हाल विश्वभरि १ करोड १५ लाख ५६ हजार ७८८ जनामा कोरोना संक्रमण हुदा ५ लाख ३६ हजार ७७६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ६५ लाख ३५ हजार ४९२ जनाले स्वास्थ्य लाभ गरेका छन ।