एक गजल

everest kitchen
बाबुराम पराजुली “अविरल “

गजल

उता एक नजर,यता एक नजर लगायौ।
दुई नाउँको बिचबाट पो,सफर लगायौ।

खै बन्ला र महल,सजिएला कि जीवन।
यो कस्तो ,पहरामा तिमिले घर लगायौ।

मासेर आयौ,भर्खर फुलेका कोपिलाहरु।
पालुवा सुकेको ठाउँमा,के रहर लगायौ।

के सोचेर दिल,संग दिल जोडेकि थियौ।
एका एक आई सम्वन्धमा,हम्मर लगायौ।

मेरो आफ्नै अन्तरिक्षको नमुना हौ तिमी।
ग्रहण लगाउनकै लागि चक्कर लगायौ।

वावुराम पराजुली अविरल,सुर्खेत