छुट्टाछुट्टै दुई घटनामा बालिका बलात्कार गर्ने दुईजना पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं। गुल्मी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका-४ लिम्घा बस्ने २७ वर्षीय भिम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Add
advertise

त्यस्तै ओखलढुङगा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-४ सौरेनी बस्ने बीर बहादुर दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दमाईले ती बालिकालाई प्रलोभन देखाई आफ्नै घरको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

उनीहरूमाथि स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।