समय : बाबुराम पराजुली “अविरल”

बाबुराम पराजुली “अविरल”

लघुकथा: समय

बाबुराम पराजुली “अविरल”

एकजना ब्यक्ति आफ्नो मोवाईलको समस्या लिएर मोवाईल मर्मत केन्द्रमा पुग्यो। त्यो मोवाईल वाला ब्यक्ति धेरै धनी,बुद्दिजिवी र शहर भरिको नामि ब्यापारी थियो। समयको खुव महत्व राख्थ्यो। उसका लागि समय महत्त्वपूर्ण हो तर समयलाई पैसाले केही हदसम्म नियन्त्रण गर्छ भन्नेमा विश्वास थियोे।

केहि समय अघि एक मोवाईल कम्पनिलाई अर्डर दिएर एक पिस जो मोवाईल बनाउन लगाएको थियो,अाज त्यसमै लक नखुल्ने समस्या भएपछि उ धेरै अताल्लियो। भोलिको मिटिङमा राख्नै पर्ने महत्त्वपूर्ण डाटा त्यहि मोवाईलमा थियोे। कम्पनिमा पठाउँदा एक हप्ता भन्दा अगाडि बनेर नअाउने भएपछि शहर भरिका मेकानिकलाई देखायो ।त्यो दौडधुपमा दिनभरि उ आफै  खट्यो।

त्यहि शहरमा एउटा यस्तो मोवाईल मेकानिक थियोे जस्ले जस्तो सुकै मोबाइल पनि बनाउन सक्थ्यो।उसको नियम जोसुकै ग्राहक आवस कामको प्रथामिकता पालो अनुसार हुन्थ्यो। उक्त धनाढ्यको पालो लगभग बाह्र घण्टा पछि आउने भयो। एकदिन लगभग भौतारिएको धनाढ्यले उसले मागेको पैसा दिने तर अगाडि हेर्दिन अाग्रह गर्यो तर मेकानिकले मानेन।धनाड्य संग विकल्प पनि थिएन।उसले बाह्र घण्टा कुर्यो। जब मेकानिकको हातमा मोवाईल पर्यो ,पाँच मिनेटमा मोवाईल बन्यो।

मेकानिकले ज्याला दुई हजार माग्यो। “एक त पाँच मिनेटको कामलाई बाह्र घण्टा कुर्नु पर्यो। सामान फेरिएको छैन।पाँच मिनेटमा बनेको छ। कसरी दुई हजार ? “मोवाईल मालिक रिसायो।

मेकानिकले नम्र भएर जवाफ दियो ” बाह्र घण्टा समय हजुरको थियो त्यो आफ्नै लागि खर्च गर्नु भयो मेरो लागि होईन । अर्को महत्त्वपूर्ण कुरा, मर्मत गरेको पचास रुपैयाँ मात्रै हो तर के मर्मत गर्ने भन्ने पत्ता लगाएको उन्नाईस सय पचास हो। किनकी यहि पत्ता लगाउने अनुभव बटुल्न मैले आधा जिन्दगी खर्चि सकेको छु।”

सुर्खेत