५ सय बालबालिकाको स्याहार गर्दै सडकको भोको पेट भर्दै इन्दिरा आमा (भिडियो सहित)

everest kitchen

विपेन उलङगे

काठमाडौं । इन्दिरा राना मगर नेपाली समाजमा स्थापित एउटा पेरणा दायिक नाम हाे । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिरा राना मगरकाे अर्काे परिचय हाे आमा । उनले बालबालिका , असाहयकै लागि काम गरेकाेले उनलाई सबैले आमा भन्ने गरेका हुन ।

करिब २४ वर्षअघि महिला कारागारमा साक्षरता अभियान चलाएरै समाजसेवा शुरु गरेकी रानाले बन्दि साहेता नेपाल नामक संस्थाकाे संस्थापक पनि हुन । उक्त संस्थाले नेपालका बिभिन्न जिल्लामा बन्दि जीवन बिताई रहेका बावु अामाका स-साना छोरा छोरीहरुकाे लालनपालन तथा शिक्षा प्रदानकाे काम गरि रहेकाे छ । हाल उक्त संस्थाले ५०० जना बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आइरहेको छ ।

Add
advertise

समाज सेवाकै क्रममा रानाले अशोक फेलो, वल्र्ड चिल्ड्रेन अनररी अवार्ड पनि जितेकी छिन । केहि समय पहिला बिबिसीले तयार पारेकाे विश्वभरिका १०० प्रेरणादायी महिलामध्ये उनी पनि थिईन । समाज सेवा गरेकै कारण उनले देश तथा विदेशमा थुप्रै सम्मान प्राप्त गरेकी छिन ।

उनको समाज सेवा आजभोलि झन फराकिलो भएको छ । विश्वभरि फैलिएको काेराेना महामारीको कारण सिर्जित लकडाउनले सडक बालबालिका , असक्त, असाह्य र सडकमा अलपत्र बटुवाहरुकाे भोक मेटन उनी आफै लागि परेकी छिन। दैनिक करिब ३०० सय बढिलाइ उनलेे तीन महिना देखि खाना खुवाई रहेकी छन् ।

रानाकाे समाज सेवामा हातेमालो गर्ने थुप्रै व्यक्ति र संस्थाहरु छन् । यसतै नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले रानाकै पीए नेपालकाे आयाेजनामा नेपालमा राहत बितरण सुरु गरेको छ । काठमाडौं उपत्यकामा अनाथ, असाहाय तथा बेघर भएका बालबालिका, बृद्ध बृद्धा, बटुवा तथा विपत्तिमा परेकाहरूलाई राहत वितरण कार्यक्रम गरेको हाे ।

महासंघको संघीय परिषद् सचिवालय, काठमाडौं नेपालको समन्वयमा इन्दिरा राना मगरको बन्दि सहयाता नेपाल (पीए नेपाल)को आयोजना तथा व्यवस्थापनमा राहत वितरण कार्यक्रम सुरु गरेको छ ।

साथै महासंघले बन्दि सहयाता (पीए नेपाल) द्धारा आयाेजित एक कार्यक्रममा आवश्यक खाध्यान्न लगायतका सामाग्री पनि सहयोग गरेको छ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का अध्यक्ष जगत बरामले जनस्तरबाट यस्ता राहत कार्यक्रम भइरहेको तर सरकारलाई खोज्नुपर्ने बताए । लामो समयको लकडाउनका कारण जनता पिल्सिरहेको बेला सरकार आफ्नै खिचातानीमा रहनु चिन्ताजनक रहेको अध्यक्ष बरामले बताए ।

‘नेपालमा मात्र होइन, अमेरिकामा पनि राहत आवश्यक पर्छ र फिप्नाले अमेरिकामा राहत वितरण कार्यक्रम सम्पन्न गरिसके पछि मात्र नेपाल आइपुगेका हौं’ भनेर फिप्नाका सल्लाहकार तेन्जिङ उक्यावले कार्यक्रममा जानकारी दिए । अमेरिकामा सेनिटाइजर, ग्लोबलगायतका सामाग्रीहरू स्थानीय, नेपाली तथा गैरनेपालीमाझ वितरण गरेको तेन्जिङकाे भनाई थियो ।

त्यसैगरी ग्रीन इन्टरनेश्नल क्लवकी अध्यक्ष सुलोचना गुरुङले आफ्नो संस्थाले पनि यसरी नै राहत वितरण गरेको कुरा जनाइन् ।

पिए नेपालकी संस्थापक इन्दिरा राना मगरले आफू न्यूयोर्क पुगेको बेला सामान्य चिनजान भएको व्यक्तिको नोटिसले यतिको राहत आइपुगेको बताइन् । सहयोगी हातहरूले गर्दा यस्तो विपत्तिमा परेकाहरूलाई खाना खुवाउन सकेको जानकारी दिइन् ।

अहिले केही खुकुलो भएको लकडाउन समृद्धवर्गको मात्रै भएको, गरिब तथा असाहायको लागि नभएको रानाको गुनासो थियो । निजि सवारी साधन चल्ने तर भाडाका ट्याक्सी, सार्वजानिक यातायातका साधन चल्न नदिने जस्ता कुराहरू निमुखा वर्गमा लक्षित जस्तो देखिने उनले बताईन ।