भारतीय नागरिकलाई नागरिकता बनाइदिने अधिकृत जेल चलान

everest kitchen
photo file

काठमाडौं । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ ।

Add
advertise

झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

आचार्यले २०७२ मंसिर १० गते झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता, राहदानी बनाई दिएको आरोप छ । उक्त कसुर मुद्धामा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका फरार आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको पक्राउ गरेको प्रहरीले जनाएको छ ।