कोरोना : मलेसियामा २ हजार ५८१ विदेशी संक्रमितमध्ये ३२ जना निको हुन बाँकी, ५ जनाकाे मृत्यु

everest kitchen

क्वालालम्पुर । मलेसियामा फैलिएकाे काेराेना कहरकाे समयमा जम्मा २५८१ जना विदेशि संक्रमित भएका मध्येमा लगभग सबै निकाे भएर अब ३२ जना मात्र निकाे हुन बाकि रहेका छन् ।

उपचारकाे क्रममा ५ जनाकाे मृत्यु भएकाे छ ।
मलेसियामा जम्मा ६३०१४ जना विदेशिलाई काेराेना जाँच गरिएकाे थियाे । जसमा जेलमा रहेका विदेशिहरू पनि छन् ।

Add
advertise

मलेसियन अनलाईन पत्रिका मलेसिया किनिका अनुसार जेल भित्र जम्मा ७०६ जना विदेशिलाई काेराेना संक्रमण भएकोमा १ जनाकाे मृत्यु भएकाे थियाे ।

मलेसियामा काेराेना उपचारार्थ बिदेशिहरू मध्येमा नेपालिहरू कति छन् भन्ने यकिन भएकाे छैन । यस बिषयमा बुझ्न नेपाल राजदुतावासमा सम्पर्क गर्दा मलेसियन सरकारबाट आधिकारिक तथ्याङ्क दुतावासमा प्राप्त नभएकाे बताएको छ ।