एक गजल : इन्दिरा चापागाईं

everest kitchen

गजल

हाम्रो जमीन नहडप भन्दा झर्किदै छ आजभोलि
सीमा विवाद सुल्झाऔं भन्दा तर्किदै छ आजभोलि।
साइनो राम्रो छइन उसको कुनै पनि छिमेकीसंग
आफूलाई हेर्न ऐनातिर फर्किदै छ आजभोलि।।
सीमास्तम्भ रातारात सारिरहनु उसको रोग
उपचारको समय झन्झन् घर्किदैछ आजभोलि।।।
बडेभाई हु भन्दै छोटेभाइलाई लुट्नु लुट्यो
निर्दोस बन्न सुनपानी छर्किदै छ आजभोलि।।।।
आफ्नो जमिन आफ्नो पार्न गरेनन् पहल बा ले
आँखाभरि बर्खे झरि दर्किदै छ आजभोलि।।।।।

इन्दिरा चापागाईं
२०७७।०३।२३ धुपू संखुवासभा