डब्लुएचओबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

everest kitchen

ऐजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक बाहिरीएको घोषणा गरेका हुन ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएको अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।

Add
advertise

समाचारका अनुसार अमेरिकी अधिकारीहरुले सोमबार नै लागु हुनेगरी राष्ट्रसंघका महासचिवलाई पत्र पठाएको छ।

राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको पक्षमा काम गरेको, अमेरिकालाई बेवास्ता गरेको, विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै डब्लुएचओलाई दिदै आएको सहयोग रोक्न ट्रम्पले यसअघिनै घोषणा गरेका थिए ।