गजल : बिभुश्री भन्तना

everest kitchen
बिभुश्री भन्तना

गजल

बिभुश्री भन्तना

एउटा आगो भए अर्को पानी हुनुपर्छ
आगो बन्न खोज्नेलाई ठुलै हानी हुनुपर्छ

यदि मनमा राख्यौ भने घमण्ड र रिस
जलाउँछ एकदिन मन खरानी हुनुपर्छ

जिन्दगीभर राख्छ अरे दिलको मन्दिरमा
बस्छु भन्न मलाई पनि बानी हुनुपर्छ

रिसाएर जहिले पनि तँछाडमछाड गर्नी
यसरी त हुँदै हुन्न दुबै ज्ञानी हुनुपर्छ

देख्नेले खै के देख्यो थाहा छैन मलाई
सोच्या होला सधैं यस्तै मनोमानी हुनुपर्छ