प्र​शंसा : च​न्द्रा न्यौपाने

everest kitchen
च​न्द्रा न्यौपाने

ल​घुकथा : प्र​शंसा

च​न्द्रा न्यौपाने

दीपाले ओढेको प​छ्यौराको फेर​ दुबै हात​मा लिंदै स​विताले
भ​निन् – “आहा, म्याम​ ! कति राम्रो प​छ्यौरा; म​लाई त​ साह्रै राम्रो लाग्यो। कहाँ कतिमा किन्नुभ​एको हो ? म​ प​नि किन्छु। सुहाउन​ प​नि कति राम्रो सुहाएको; य​स​मा त​ त​पाइँ ध​प​क्कै
ब​ल्नुभ​एको छ​ नि।”

स​विताको प्र​शंसाबाट म​ख्ख​ प​र्दै, भाइले ल्याइदिएको हो। कहाँ र​ कतिमा किनेको र​हेछ​ ? म​ सोधुँला नि है भ​न्दै उनी आफ्नो बाटो लाग्नासाथ​ सँगै भ​एकी प​वित्राले
भ​निन् – “होइन​ ए, स​विता ! के कुरा ग​रेकी तिमीले ? म​लाई त​ त्यो प​छ्यौरा कत्ति प​नि राम्रो लागेन​ नि। र​ङ्ग​ प​नि फुङ्ग​ उडेको अनि बुट्टा प​नि कस्ता भ​द्दा ! त्य​हींमाथि उहाँलाई कहाँ सुहाएको छ​ त​ ? कत्ति प​नि खुलेकै छैन​।”

त्य​स​प​छि स​विताले भ​निन्- “म​लाई नि कहाँ राम्रो लागेको छ​ त​ ? म​लाई त​ झ​न​ फिटिक्कै म​न​ प​रेन​। उन​लाई आज​स​म्म​ स​ब​भ​न्दा न​खुलेको र​ नसुहाएको त​ य​ही पछ्यौरा लाग्यो
म​लाई; त​र​ हेर​, पवित्रा ! हाकिम​लाई खुशी पार्ने बाटो…………………। बुढिमाउ म​ख्ख​ पर्दै गइन् …………।”