निसाफ : भरत आचार्य

भरत आचार्य

लघुकथा : निसाफ

भरत आचार्य 

काईला मुखियाले गरेको निसाफ दुधको दूध पानीको पानी हुन्छ । गाउँमा साना तिना मुद्दा मामिला उनैको रोहवरमा समाधान हुन्छ । गाउँका न्याय मुर्ती नै भन्दा पनि फरक पर्दैन ।

गाउमा कसै को खेती कसैको गाई भैंसीले खाएमा वा क्षति गरेमा ठाँउको ठाँउ बिगो भराई दिन्थे ।उनको चर्चा वरपर गाउँमा पनि निकै थियो । कोसैले पनि कुनै निहुँमा उन्मुक्ती पाउदैनथे ।र त उनको निसाफ सबैलाई स्विकार्य थियो ।

भर्खर भाद्र महिना लागेको थियो गाउका सबै जसो धान गोडमेल गर्न बेसि झर्थे घरमा केटा केटीले रुङ्थे ।बिरेले बारीको एउटा पाटा भरी बदाम (मुङ्फली ) लगाएको थियो । साझ फर्कदा बारीका सग्ला एउटा बोट पनि नदेख्दा त्यही थचक्क बसेर पुर्पुरो समायो । सबै जम्मा भए सोधी खोजी भयो वानरका हुलले त सत्यानास गरेनन ? तर वानर पनि मासिई सकेका थिए कहाँ बाट आउनु ?अन्तत केटा केटीकै बद्मासी भन्ने प्रमाणित भयो ।

गाउमा सेते घर्तिको छोरो काले अलि बदमास थियो ।उसै माथी संका भयो ।भोलिपल्ट मान्छे जोडियो कालेलाई बोलाउन पठाईयो ।काले त तीन दिन अगावै मामा घर गएको रहेछ । पछि खोजीहुँदै जादा थाह भयो कि सब उदन्ड मच्चाउने त काइला मुखिया कै नाति नै रहेछ ।

बिगो क्षति पुर्ति पाउनेमा बिरे ढुंक्क थियो ।काईला मुखियाले कसैलाई छाड्दैनन भन्नेमा ।मुखियाको फैसलामा सबै प्रतीक्षारत थिए ।

काइला मुखिया गम्भीर हुँदै बोले , यो सानेको (आफ्नो नाति )उल्काका ग्रह चल्दै थिए , ग्रह शान्तिको लागि दिन हेर्दै थिए , यस्तो भै हालेछ केटो सज्जन हो ग्रहले बिगारेछ । भै हाल्यो ग्रह सप्रिए बदाम त अर्को साल फलिहाल्छ दुख नमान बिरे !

सबै मुखामुख गर्दै ट्वाल्ल परे ।

–भरत आचार्य, पोखरा-११