आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन

everest kitchen

 

काठमाडौ । नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन गरिएको छ ।

बिहिवार नेपाल आदिवासी जनजाति महासंघ विदेश शाखाहरुका १३ देशका अध्यक्षसहित २५ देशका प्रतिनिधि सम्मेलित बैठकले सो तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले मानबहादुर रानामगर (अमेरिका)को संयोजकत्वमा तदर्थ समिति गठन गरेको बताएको छ ।

उक्त समितिमा विभिन्न देशबाट पदाधिकारीहरु चयन गरिएको छ । जसअनुसार समिति सहसंयोजकमा किसन राई (हङकङ), खुशी लिम्बू (बेलायत), सदस्यसचिवमा शिव भुजेल (कतार) र सदस्यहरुमा युगेल तेन्डुप शेर्पा (दक्षिण कोरिया), रश्मी थापामगर (क्यानडा), मणी थेवे (अष्ट्रिया), हेम गुरुङ (पोर्चुगल), विनोद पोमो (अमेरिका), सदर्शन थापामगर (अष्ट्रेलिया), कुमार बलामी (युएई) लाई चयन गरिएको छ ।

त्यस्तै समितिमा प्रत्येक देशबाट एक पदेन सदस्य राखिने समितिकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।