कोरोना प्रकोप : मलेसियामा २५ दिन देखि मृत्यु शून्य

everest kitchen
photo file

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १३ जना रहेकाे छ ।

गएको २५ दिनदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

Add
advertise

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६९६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ५११ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख ५७ हजार ९०७ “रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड २४ लाख १३ हजार १२४ रहेकाे छ । ७२ लाख ४० हजार १६८ जनाले स्वास्थ्य लाभ गरेका छन ।