भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाएकोमा सरकारले दियो धन्यवाद

everest kitchen


काठमाडौं । भारतीय न्युज च्यानलहरुको प्रशारण रोकेकोमा डिजिटल केवल सेवाप्रदायकहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धन्यवाद दिएको छ ।

शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।

Add
advertise

“केही भारतीय संचार माध्यमहरुबाट नेपाल र सम्माननीय प्रधानमन्त्रीको नाम जोडेर प्रकाशित / प्रसारित कपोलकल्पित , दुरासयपूर्ण एवं भ्रामक समाचारप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य , मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त यस्ता सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुन जरुरी छ । आमसञ्चार माध्यमहरुले समाचार प्रकाशन / प्रसारण गर्दा सत्य , तथ्य र बस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिबद्ध हुनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको विज्ञप्तिमा भनिएको छ।

केहि दिन अघि भारतीय न्युज च्यानलहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीकाे नाम जाेडेर दुस्प्रचार गरेका थिए ।

भारतीय टिभी च्यानलहरु पत्रकारिताको नाममा पछिल्लो घटना क्रममालाई लियर नेपाल, चीन सम्बन्धि गलत अफवाह फैलाउदै आएका छन् ।