आङ फुरीको १२ पटकपटकको सगरमाथा यात्राको क्रममा भोगेको कुरा (भिडियो सहित )

everest kitchen

आङ फुरि ग्यालजेन शेर्पाले अहिलेसम्म १२ पटक बिभन्न देशका सगरमाथा आरोहिलाई सगरमाथामा पुय्राइ सकेका छन । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-१ का स्थायी बासिन्दा आङ फुरिले सगरमाथा बाहेक अन्य हिमश्रिङखलाहरुमा पनि आरोहिलाई पुय्राउन सफल भएका छन् ।

जिन्दगीमा उनले थुप्रै दु:ख भोगेका छन् र सुख पनि भोगेका छन । सुन्दा अचम्म लाग्छ ! उनले माउन्टेरिङ गाईड गर्दै हिमालमा आरोही पुय्राउनकै लागि पनि गुस समेत दिएको अनुभव छ ।

Add
advertise

ज्यानको बाजि लगायर अरुलाई हिमाल चढाउने उनलाई थुप्रै बिदेशीले पनि ठगेका छन ।

एकपटक त मलेसियाकै धनि भनेर चिनिएका एक मलेसियनले सगरमाथा चढाउन सफल भए ज्याला सहित कार पनि किदिने बचन दिएका थिए । आङफुरिले ती मलेसियनलाइ सगरमाथा मात्रै चढाएनन, ती मलेसियनले सगरमाथामै आँखाको ज्योति गुमाउदा उनको जीवन रक्षा गर्दै सफल तवरले आधार शिविर ओराले । तर बिडमबना उनै व्यक्तिले एक पैसा पनि नदिई अत्तोपत्तो भयर नेपाल छोडेर भागे ।

यस्तै थुप्रै धोका उनले माउन्टेनरिङ ऐजेन्सी देखि सेवाग्राही बाट समेत पाएका छन ।

यधपी उनलेे नेपाललाई एकपटक विश्व सामु चिनाउने योजना बनाएका छन् । सगरमाथाकाे चुचुरोमा सबैभन्दा लामो समय २४ घण्टा बिताएर विश्व रेकर्ड राख्ने योजना उनकाे छ ।

उनै आङफुरिसंगकाे अनौपचारिक भेटमा हामीसंगकाे कुराकानी यहाँ प्रस्तुत गरेका छौं :