मलेसियाबाट भएका २१ चार्टर उडानबाट ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्किए

everest kitchen

काठमाडौ । मलेसियाबाट हालसम्म भएका २१ चार्टर उडानबाट ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्केका छन । उक्त उडानहरुबाट ३९ नेपालीको शव पनि स्वदेश ल्याएको हो ।

जुन १८ मा मलेसियाबाट पहिलो चार्टर उडान भएको थियो भने त्यस यता विभिन्न मितिमा भएका नेपाल एयरलाईन्स , हिमालय एयरलाईन्स र मालिन्दो एयरका फिलिपिन्सबाट समेत गरी २१ बटा उडानमार्फत ३ हजार ३२२ जना नागरिकहरु नेपाल फर्किएको नेपाली राजदुतावास मलेसियाले जानकारी दिएको छ ।

Add
advertise

दुतावासका अनुसार मलेसियामा रहेका नेपाली बाहेक ईण्डोनेसियाबाट २० जना , फिलिपिन्सबाट १०९ जना तथा हङकङ , भियतनाम , सिंगापूर , ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएका हुन ।

यस्तै मलेसियाको क्वालालम्पुरबाट भएका विभिन्न चार्टर उडानहरुबाट मलेसियाको विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्किएका छन् ।

त्यस्तै फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली आइतबार स्वदेश फर्किएको दुतावासले एक सुचना जारी गरि जानकारी दिएको छ । नेपाली राजदुतावास मलेसियाले फिलिपिन्सकाे लागि पनि हेर्दै आएको छ ।