मलेसियामा आज १४ जना बिरामी हुदा ४ जना निको भए

everest kitchen
photo file

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १४ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ८ हजार ५१९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Add
advertise

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख ६७ हजार ९६१ रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड २८ लाख ५९ हजार ३० रहेकाे छ । ७४ लाख ९३ हजार ७७४ जनाले स्वास्थ्य लाभ गरेका छन ।