राष्ट्रगान  : टिकाराम पुरी

Add
advertise
टिकाराम पुरी

लघुकथा – राष्ट्रगान 

टिकाराम पुरी

छिमेकी राष्ट्र भारतले कालापानी लिम्पुवाधुरा र लिपुलेख आफ्नाे राजनैतिक नक्सामा समेटे पछि देशैभरी विराेधका स्वरहरू सडकमा देखिए। सत्तरी भन्दा बढी स्थानमा सिमा मिचिएकाे आवाजहरू चर्किन थाल्याे। देशलाई माया गर्ने जाे काेहिकाे मनमा आगाे उठ्याे। यहाँ नाकाबन्दीका कुरा आए। लम्पसारवादका कुरा उठे। ग्रेटर नेपालका कुरा उठे। गाे ब्याक ! का प्लेकार्डहरू टल्किए।
टेलिभिजन पत्रकार सहितकाे जिल्ला स्तरीय टाेली दक्षिणी सिमा स्तम्भ निरीक्षण गर्न सिमानामा पुग्याे। स्थानियहरू संँग वार्तालाप भयाे।
उनीहरू भन्दै थिए। – ” यहाँ त हजुर आफ्नै जमिनकाे अन्न काट्न डर भैहाल्छ। भन्छ तिनिहरू याे त भारतकाे जमिन हाे। बिजुली पनि छैन्। बाटाे हामीहरू आफैं खनेकाे हजुर। उता पटी बड्का बाध बनाई लियाे। वर्षादमा घरवार सबै पानीमा डुबिहाल्छ। हाट बजार गर्न हामीहरू ईन्डियामा जानै पर्छ। हाम्राे प्रहरी दाजुहरू नभई दिएर उताकाे बिएसएफ पुलिसहरू बडाे दु:ख दिन्छ। कहिले त हामी लडिहाल्छाैं। उनिहरू सँग बन्दुक छ। हामीहरू पिटाई खाई हाल्छाै। यस्ताे त हर हप्ता भैहाल्छ। “
यति सुनेपछि टाेलि प्रमुख कहि बाेल्नै पर्ने महशुस गर्छन। पत्रकार क्यामेरा साेझ्याउँछन्।
” हेर्नुस याे ठाउँलाई सरकारले अति संवेदनशील क्षेत्र भनी घाेषणा गरेकाे छ। सिमा स्तम्भहरू निगरानी गर्नु नागरिककाे पनि कर्तव्य हाे। तत्काल के गर्न सकिन्छ हामी गर्छाै। प्राथमिकताकाे आधारमा भन्नुहोस् याे सरकारले के गर्दिए हुन्थ्याे ? “
यादब थर गरेका स्थानीय भन्दै थिए। – ” हामीहरू सिमानामाा छाैं। देशकाे माया कस्ताे हुन्छ हामीलाई थाहा छ। गतवर्ष हजुर मेराे सत्तर वरषकाे बाबुकाे माथा फुटाई दियाे उताकाे पुलिसले सिमानाकाे विवादमा। सरकार दिन्छ भने सिमानामा प्रहरी दिनुस् । नदिन सक्नुहुन्छ भने हामीलाई हतियार दिनुस। बिजुली दिनुस् । बाटाे बनाई दिनुस् । हस्पताल खुलाई दिनुस। हाम्राे बच्चाहरू पढ्न पाएन। मैले बच्चाहरूलाई पाँच कलास मात्र पढाए। यता हाम्राेमा स्कुल छैन्। भारत पठाउनु पर्छ। एक दिन हाम्राे राष्ट्रगान गाउन लगाए। भन्छ -” जन गण मन अधिनायक…… ..।” याे सुनेर मनमा धेरै दुख भयाे हजुर। अर्काे देशकाे राष्ट्रगानलाई आफ्नाे मानेर गाउने बच्चामा राष्ट्रभक्ति हुन्न। उसले देशलाई माया गर्दैन भनेर पढाइ छुटाई दिए। सरकारले सक्छ भने तत्काल हजुर एउटा स्कुल खुलाई दिनुस। “
टाेलि प्रमुख बेलाबेला घडीमा नजर लाउँदै थिए। सायद उनीहरू हतारमा हुनुपर्छ।

दमक , झापा