प्रधानमन्त्री ओलीलाई छाडा छोडे खतरा हुने : डा. बाबुराम भट्टराई

everest kitchen
photo file

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादि पार्टि जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छोड्दा खतरनाक हुने बताएका छन् ।

डा. भट्टराईले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीको वचन र कर्मले सीमा नाघेको भन्दै अति गरे खति हुने बताएका छन् । उनले ट्विटमा : संसदमा ‘ सिंहमेव जयते’ र बेसार – पुराणदेखि अयोध्या पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश, संकटकालको ‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं ! भट्टराईले लेखका छन् ।

Add
advertise

प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन ।

ओलीको उक्त अभिव्यक्ति विवादमा फसेको छ ।