मलेसिया कोरोना प्रकोप नियन्त्रण नजिक

everest kitchen

क्वालालम्पुर । मलेसिया पछिल्लोपटक  कोरोना नियन्त्रणको नजिक रहेको छ । मलेसियाले दैैैैनिक सार्वजनिक गर्नेे कोरोना प्रकोप  तथ्यांंकअनुुसार मलेसिया तुुलनात्मक रुपमा प्रकोप नियन्त्रणमा रहेेको देेेखाउछ ।

मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४ जना रहेकाे छ ।

मलेसिया गएको १ महिना अघिदेखि कोरोना नियन्त्रणमा सफल रहेको छ । सुरुवाती चरणमा दैनिक १ सयको हाराहारीमा संक्रमित फेला परेकोमा पछिल्लोपटक करिब आधा दर्जनको हाराहारीमा दैनिक संक्रमित फेला परेका छन् ।

Add
advertise

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गएको २४ घण्टामा ३ जना डिस्चार्ज भएपछि ८ हजार ५२४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल ८३ जनामा कोराेना संक्रमण संक्रिय रहेको छ।

मलेसियाले उल्लेख गरेको तथ्यांकअनुसार हालसम्म ८ लाख ५० हजार ४२३ जनामा कोरोना परिक्षण गरि सकेको छ ।