डिमाण्ड” अनुग्रह राना (पुस्प)

Add
advertise
अनुग्रह राना (पुस्प)

लघुकथा – “डिमाण्ड”

अनुग्रह राना (पुस्प)

प्रिय साथी वीरबहादुर बाध्यता र परिस्थितिसंग जुद्धा जुद्ध आफ्नो घरपरिवारसंग आँखामा आँसु बोकेर बिदाइको हात हल्लाउँदै प्रवास लागेको पनि धेरै भएछ । समय परिवर्तनसंगै टेक्नोलोजिको सिस्टममा हाइ हेल्लो मात्र हुँदै सात समुन्द्र पारिको सकुशल खबर सुन्न पाउथ्यो र मन बुझाउँथ्यो ।

हुँदाहुँदै अब प्रवासबाट घर फर्कने समय पनि अायो । पत्तै भएन उसलाई , दस बर्ष बितेको पनि ! सबैको हाइ हेल्लो अनि कहिले आउने घर नेपाल , आफ्नो जन्मभूमि भन्ने शुभचिन्तकहरुको प्रश्नले उसको कान र मनलाई घरीघरी सम्झना गराउदै झस्काइ रहन्थ्यो। बाँकी ६ महिना भन्दाभन्दै ३ महिना बाँकी रह्यो , अाफ्नै देश फर्किन !
आजकालको चलन भरसक ठुलै मोबाइल सबैलाई चाँहिने रे । यसैक्रममा उसलाई पनि “डिमाण्ड” को कएसएमएस (SMS) आयो । दादा के छ खबर ? दादा हजुर आउँदा त एउटा ओप्पो (OPPO) सेट चाहिन्छ नि जसरी भएपनि नत्र मत बोल्दिन नि ! कैचोटि सबै प्रश्न खन्याई , उसकी प्यारी बैनीले !

बिचरा ऊ , हुँदैन भन्ने कसरी ? धेरै बर्ष भयो वैदेसिक जागिर , अाश त गर्छे नै भन्ने सोचेर , सानै स्वरमा हुन्छ भन्यो ।

उहीँबेला टिङरीङ….टिङरीङ मोबाइलमा फेरि घण्टी बज्यो । हेल्लो…उताबाट जवाफ आउँछ म सानी बोलेको चिन्नुभयो ? डिमाण्ड भयो फेरि, PHONE त होइन ViVo भएनि हुन्छ दा…फेरि उस्तै एकैचोटिको प्रश्न …लौ लौ , अब हुँदैन भन्न त हुँदै भएन नि , यता पनि उसले हस् भन्यो ।

फेरि अर्को पनि बुनुले भनी -“ मलाईँ नि चाँहिन्छ नि दादा ,´´ अब भने ऊ फसादमा पर्यो । सबैको हिसाब गर्न थाल्यो । फेरि सबैलाई हस् हस् भन्दा-भन्दै ६ सेट पुग्यो । लान दिने मात्र दुई सेट , अब के गरम् भन्दै सोँच्दै थियो , ऊ ! डिमाण्ड” नै डिमाण्डको हिसाबमा ऊ भुसुक्कै निदायो ।

हाल : मलेशिया