लिम्बूहरुको महान चाड सिसेक्पा तङनाम मलेसियामा मनाइयो

everest kitchen


मलेसिया । लिम्बूहरुको महान चाड सिसेक्पा तङनाम (साउने संक्रान्ति)को अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम मलेसियामा सम्पन्न भएको छ।

क्वालालम्पुर स्थित रेस्टुरेन्ट द गोर्खाजमा सम्पन्न उक्त कार्यक्रम किराँत याक्थुङ चुम्लुङ मलेसियाले आयोजना गरेको हो ।

Add
advertise

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, गैर आवासिय नेपाली संघ मलेसियाका बरिस्ठ उपाध्यक्ष सुन्दर आले तथा विभिन्न संघ- संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम गरिएको किराँत याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङले जानकारी दिए ।

अध्यक्ष केरुङका अनुसार हाल विश्वभरि फैलिएको काेराेना प्रकोपलाई ध्यानमा राखेर सिमित व्यक्तिहरुको उपस्थितिमा शुभकामना आदानप्रदान तथा चियापान गर्दै सिसेक्पा तङनाम (साउने संक्रान्ति) मनाएको हो ।