“ला लिगाको उपाधि रियल म्याड्रिडलाई

everest kitchen


ऐजेन्सी । रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो।

रियल म्याड्रिडले ३ वर्षपछि ला लिगाको उपाधि जितेको हो । लिगमा एक खेल बाँकी रहँदै रियलले उपाधि जितेको हो । योसँगै रियलले ला लिगामा ३४औं उपाधि हात पारेको छ ।

Add
advertise

रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका थिए। फ्रेञ्च स्ट्राइकर बेञ्जिमाले खेलको २९ मिनेटमा पहिलो गोल गर्दा ७७ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे।

भिल्लारियलका लागि इबोराले ८३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो। रियलले अन्तिम खेलअघि उपाधि जित्ने क्रममा दोस्रो स्थानको बार्सिलोनालाई पछि पार्‍यो।
रियलले अन्तिम खेलअघि ८६ अंक जोड्यो।

दोस्रो स्थानको बार्सिलोना ७९ अंक छ । शुक्रबार बिहानै भएको खेलमा बार्सिलोना भने ओसासुनाको हातबाट पराजित भएको छ । ओसासुलाले बार्सिलोनालाई २–१ ले हराएको छ ।