ब्रिटिस आर्मी हुँ भन्दै महिलालाई साथी बनाएर ठगी

काठमाडौं । ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भएका दिपक मोक्तान भन्ने ३३ वर्षीय दिपक लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 सामाजिक संजाल फेसबुकमा दिपक मोक्तान नामको फेसबुक आईडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्क बिहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर चोकबाट उनलाई पक्राउ गरेको हो ।

Add
advertise

धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त परिसरले जनाएको छ ।
(नेपाल प्ररहरी)