कोरोना प्रकोप : मलेसियामा शुक्रबार १८ जना नयाँ संक्रमित थपिए

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा ३ जना डिस्चार्ज भएपछि ८ हजार ५४१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख ९३ हजार १०० रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड ३९ लाख ६७ हजार ९०९ रहेकाे छ । ८२ लाख ९७ हजार ६७१ जनाले स्वास्थ्य लाभ गरेका छन ।