मलेसियामा एक नेपाली मृत्युुदण्ड को सजायबाट जोगिए

फाइल फोटो

क्वालालम्पुर । मलेसियामा मृत्युदण्डको सजाय पाएका एक नेपाली युवा राजकुमार साह मृत्युदण्ड हुनबाट जोगिएका छन् ।

लागुऔषध तस्करी र बिक्रीवितरणको अभियोगमा दुई वर्षअघि पक्राउ परी मृत्युदण्डको सजाय सुनाइएका साहलाई पुनरावेदन अदालतबाट मृत्युदण्डको सजाय कटौती गरिएको हो ।

Add
advertise

मलेसियाको जोहोरबारुबाट स्थानीय दुई नागरिक सहित साह दुई बर्ष अघि सन २०१५ को मार्च १० मा गाँजासहित पक्राउ परेका उनलाई मलेसियाको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको पहलमा भारतीय मूलका वकिल करणजीत कौरद्धारा माथिल्लो अदालतमा पुनरावेदन गरिएको थियो ।

नेपाली राजदुतावास मलेसिया स्रोतकाअनुसार उनी माथि लागेको अभियोग घटाइ लागू औषध साथमा राखेको मात्र अभियोगको दावी गर्दै गरिएको पुनरावेदनलाई अदालतले सदर गरेपछि उनको सजाय घटेको हो ।

नेपाली दूतावास मलेसियाका जेल अधिकृत प्रतिक कार्कीका अनुसार अब उनलाई १० वर्ष जेल र १० कोर्राको सजाय सुनाइएको छ । उनलाई दिइएको १० वर्षको सजायमध्ये ५ वर्षको अवधि उनले जेलमा रहेर पूरा गरिसकेकाले अब ५ वर्ष मात्र जेलमा बस्न बाँकी रहेको छ ।

२९०.७६ ग्राम गाँजा सहित स्थानीय संगै पक्राउ परेका उनलाई यसअघि लागूऔषध ओसारपसार र बिक्रीवितरणको अभियोगमा दोषी ठहर भएर मृत्युदण्डको सजाय सुनाएको थियोे ।