महानिरीक्षक क्षेत्रीद्धारा प्रहरी अस्पतालको निरीक्षण

everest kitchen
प्रहरी अस्पताल महाराजगन्जमा अस्पताल निरिक्षण गर्दै शैलेश महानिरीक्षक थपा क्षेत्री । फोटो : प्रहरी अस्पताल 

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त र सहज पार्न निर्देशन दिएका छन् ।

उनले सर्वसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न सबै कर्मचारीलाई आग्रह गरे । अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाइग्नोसिस लगायतको उनले निरीक्षण गरे ।

Add
advertise

यस्तै उनले मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभागलगायतको निरीक्षण गर्दै उपचाररत बिरामीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारीसमेत लिएका छन् । निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले उपचारका लागि आउने बिरामीका अपेक्षा पूर्ति गर्दै उत्कृष्ट मानवीय सेवा प्रदान गर्न केन्द्रित हुनुपर्ने बताए ।

नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरुले कोरोना भाइरस (कोभिड-१९) को विषम परिस्थितिमा उच्च व्यावसायिकता प्रदर्शन गरेको प्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पताललाई आजको स्थितिसम्म ल्याउनको लागि अग्रजहरुको मेहनत, परिश्रम र लगनशीलता प्रशंसनीय रहेको चर्चा गर्दै अस्पतालको गुणस्तरमा थप वृद्धि गरी उत्कृष्ट सेवा प्रवाह गर्न दत्तचित्त भएर लाग्न उनले अनुरोध गरे ।

(नेपाल प्रहरी )