सिरहामा २५ केजी गाँजा बरामद, पर्सामा दुईजना पक्राउ

everest kitchen
photo file

काठमाडौं, पर्सा, बहुदरमाई नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा ४ किलो सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको    छ ।

पक्राउ पर्नेहरुमा बिन्दबासिनी गाउँपालिका-३ बस्ने ३९ वर्षीय जिरजोधन प्रसाद चौरसिया र सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सोनवर्षा तर्फबाट आउँदै गरेको ना.४८ प ६१५१ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक चौरसिया र मोटरसाइकलमा सवार साहलाई पक्राउ गरेको हो ।

Add
advertise

त्यस्तै सिरहा, गोलबजार नगरपालिका-३ पतरिङगा खोला चुरे छेउबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो बिहीबार प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोरा फाली व्यक्त फरार भएपश्चात उक्त बोरा जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा फैला पारी बरामद गरेको हो । उक्त घटना  सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको  छ ।