शनिबार दिउँसो नेकपा सचिवालय बैठक बस्दै

everest kitchen
photo file

काठमाडौँ । पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला नेकपाको सचिवालय बैठक शनिबार अपरान्ह ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने उक्त बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

Add
advertise

नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलाएको हो । गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगित हुँदै आएको बैठक आइतबार ३ बजे बस्ने बताएको छ ।

प्रधानमन्त्री ओलीको कार्याश‌ली प्रति असन्तुष्ट पार्टी स्थायी समितिका बहुमत सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुबै पदबाट राजिनामा मागेका थिए