चार्टर उडानमा विदेशबाट हालसम्म २९ हजार ७८९ नेपाली स्वदेश फिर्ता

everest kitchen
photo file

कोभिड । १९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्‍न भएको असहज परिस्थितीका कारण विदेशमा अलपत्र परेका मध्ये शुक्रबारसम्म हवाई मार्गबाट २९ हजार ७ सय ८९ नेपाली स्वदेश फर्केका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)का अनुसार सरकारले जेठ २९ देखि खुला गरेको अलपत्र नेपालीलाई चार्टर उडानमार्फत उद्धार गर्ने वजजवजजवजज शुक्रबारसम्म भएका १ सय ९२ वटा उडानबाट २९ हजार ७ सय ८९ नेपाली काठमाडौं ओर्लिएका हुन् ।

Add
advertise

यी नेपाली अफगानस्थान, अस्ट्रेलिया, ओमन,कतार, म्यानमार,कुवेत,जापान,थाइल्याण्ड,दक्षिण कोरिया, बंगलादेश,मलेसिया, माल्दिभ्स,श्रीलंका,यूएई,साउदी अरेबिया,सिंगापुर,हङकङ,पाकिस्तान,बहराइन, अमेरिका,बेलायत, इजरायल,चीन,टर्की र फिलिपिन्सबाट तथा यी मुलुक हुँदै नेपाल आएको सीसीएमसीले जनाएको छ ।

सबैभन्दा धेरै नेपालीको उद्धार भएका प्रमुख ५ वटा मुलुकमध्ये यूएईबाट ६८ सय ७२, कुवेतबाट ५५ सय ४९, साउदी अरेबियाबाट ४७ सय ८७, मलेसियाबाट ३२ सय २६ र कतारबाट ३ हजार २७ नेपालीलाई स्वदेश फर्काइएको थियो । श्रम गन्तव्यबाहेक यहि अवधिमा अमेरिकामा अलपत्र परेका ४ सय २३, बेलायतबाट २ सय २९ र चीनबाट १ सय ५ नेपाली पनि स्वदेश फर्किएका छन् । विदेशबाट फर्किनेमा सबैभन्दा धेरै वागमती प्रदेशका ८ हजार ६ सय २७ छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका ६ सय ६८ छन् । यी उद्धार उडानबाट कारोना बाहेक अन्य विभिन्न कारणले विदेशमा मृत्यु भएका १ सय ७३ वटा नेपाली नागरिकको शव पनि ल्याइएको छ ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले चैत ९ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडान रोकेको छ । तर त्यसयता मन्त्रालयको अनुमतिबाट चार्टर र उद्धार उडानलाई अनुमति दिँदै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार चैत ११ यता शुक्रबारसम्म ४ सय ३२ वटा उडान भइसकेका छन् । ती उडानबाट ३० हजार २ सय ६७ यात्रु तथा ५२ जना शिशु नेपाल आइपुगेका छन् । त्यस्तै, काठमाडौंबाट १५ हजार ६ सय २५ यात्रु तथा २ सय ७७ शिशु विदेशतर्फ उडेको विमानस्थलको तथ्याङमा देखिन्छ ।

यो चार महिनाको अवधिमा हवाईजहाजबाट मेडिकल सामाग्री लगायत ६ लाख ६२ हजार किलोग्राम कार्गो भित्रिएको छ । त्यस्तै, नेपालबाट यो अवधिमा कृषिजन्य तथा अन्य ६ लाख ६० हजार किलोग्राम नेपाली उत्पादन विदेशतर्फ निर्यात भएको छ । यो सामाग्री कान्तिपुरमा सुरज कुवंरले लेखेका छन् ।