कोरोना : आइतबार देशभरबाट १ सय ५६ संक्रमित थपिए

everest kitchen

काठमाडौ । आइतबार देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।

Add
advertise

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। यसहित हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्।

नेपालमा हालसम्म ४० जनाले कोरोनाकाे कारण ज्यान गुमाएका छन् ।