काठमाडौं । दुबै मृगौला फेल भएका मकवानपुर जिल्ला बैकया गाउँपालिका वडा न :- ८ दमनगर स्थायी घर भएका ५३ वर्षीया पुर्ण बाहदुर वाईबालाई गायक तथा समाजसेवी अमिर लोप्चनको पहलमा पीडित लाई आर्थिक सहयोग गरिएको छ ।
चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत पुर्ण बहादुरको आर्थिक स्थिति कम्जोर भएको कारणले मलेसियामा वस्ने नेपालीहरु माझ आर्थिक संकलन गरि सहयोग गरिएको लोप्चनले जानकारी दिए ।
लोप्चनका अनुसार मलेसिया बाट आरएम ३,६१५ नेपाली रु. १०१०२८ ( एक लाख एक हजार अठ्ठाईस रुपैयाँ ) पीडित पुर्ण बहादुरको श्रीमती रमजना वाईबा को नाममा पठाईएको हो ।