भोज : डा. श्याम न्याैपाने

everest kitchen
डा. श्याम न्याैपाने

लघुकथा : भोज 

– डा. श्याम न्याैपाने

सचिवतिर हेरेर गाविस अध्यक्ष मुसुक्क हाँसेका थिए । आज तिनै अध्यक्षकाे शरीरलाई यमराजले आगाकाे लप्लपाउँदाे ज्वालाकाे रूप लिई खाइरहेकाे थियाे । “आखिर मानिससँग सँगै जाने त केही रहेनछ नि ! तर पनि किन मानिसले लाेभानी पापानी गर्छ ” रिठे मनमनै साेचिरहेकाे थियाे । रिठेसँग अध्यक्षले के काे रिस पाेखेका हाेलान् , उसलाई आजसम्म जानकारी छैन ।
“मेराे बा पत्ता लगाइदिनुपर्‍याे हजुर !” रिठेले गाविस अध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका साथै गाउँका भद्रभलाद्ममी, बुद्धिजीवी समक्ष भन्याे ।

हाे , बाबु पत्ता नलाग्दा उसकाे नागरिकता बन्न सकेकाे छैन, नागरिकताबिना जग्गा किन्न नपाइने, जग्गा नभई घर बनाउन नपाइने र घरजग्गा नभएकालाई कसैले छाेरीबेटी नदिने भएकाेले रिठेले विवाह गर्न पनि पाएकाे छैन । ३०,३५ वर्षको हुँदासम्म उसकाे घरजम हुन सकेकाे छैन । यसैले जसरी हुन्छ उसकाे बाबु काे हाे भन्ने कुरा याे समाजले आज भन्नुपर्छ । कसैलाई गुमराहमा राख्न पाइँदैन ।” जनकल्याण क्लबका अध्यक्षले भने ।

हाे, हाे । ” सभामा समुपस्थित गाउँलेहरूले स्वरमा स्वर मिलाए ।

” गाविस अध्यक्षले सचिवतिर हेर्दै भने- यस्ता कुरा त तपाईंले नै भनिदिए पनि त हुन्छ नि सचिवज्यू ! गाविसकाे अभिलेखमा भएका कुरा भन्न अध्यक्ष नै हुनुपर्छ भन्ने त छैन नि । यति कुरा भन्न यति मान्छे जुट्नु पनि पर्दैनथ्याे ।” अभिलेख हेर्नाेस् त उसले सचिवलाई भन्याे ।

सचिवले पञ्जिका पल्टाए । त्यसमा लेखिएकाे थियाे – जैनारान शर्माकाे नाति वरबाेटे शर्माकाे छाेरा रिठनारन , लेखिएबमाेजिम सचिवले पढेर सुनाए । सचिवका कुरा सुनेर गाउँलेहरू एकापसमा खासखुस गरेकाे देखियाे ।

“धत्, यस्ताे भन्न पाइन्छ । वरबाेटे मेरा बाउ नै हाेइनन् ।”
“काे हुन् त त्यसाे भए ?”
“म सानै छँदा भाेक लाग्दा खान दिन नसक्ने भए किन जन्माएकी हाै त ? मलाई मेरा बा देखाइदेऊ म उनकै घर जान्छु भन्दा आमाले शिवहरि शर्माकाे छाेराे हाेस् । उनैकहाँ जा भन्थिन् । अनि एकदिन उनकै   आँगनमा        भात पकाएर खाएकाे अझै सम्झना छ । यसैले मेरा बा शिवहरि नै हुन्” रिठेले भन्याे ।

शिवहरि केही नबाेली गाविस अध्यक्षसँगै बसिरहेकाे थियाे । “ए ! तिमीलाई थाहा रहेछ त किन यतिका मान्छे जाेरेकाे त ! किन गाउँलेलाई दु: ख दिएकाे” वडाध्यक्षले भने ।

प्रमाणित हुनुपयाे नि । मलाई आमाले भनेकाे कुरा प्रमाणित गरिदिनु पर्‍याे । मलाई तिनकाे सम्पत्ति चाहिंदैन तर मेराे वास्तविक बा चिनाइदिनुपर्‍याे हजुर । मरेपछि पिण्डदान पनि त सक्कलीलाई नै दिनुपर्‍याे नि ।
कपालचुल्ठे नै तिम्रो बा हुन् भन्ने,प्रमाण के छ ? त्यसै अर्काकाे मानहानी गर्न पाइन्छ, चरित्र दाेष देखाउन पाइन्छ ? वडा सदस्यले भने ।
“आमाले भनेकी ।”
“खाेइ आमा ?”
“आमा बितेकाे त १० वर्षभन्दा बढी भाे । हजुरहरूलाई थाहा छँदै छ नि हजुर” रिठेले नम्र भएर भन्याे ।
हेर , रिठे समाजलाई प्रमाण चाहिन्छ । तिम्री आमा मरिसकिन् । लिखितममा जे छ त्यही प्रमाण हामीले दिने हाे । बुझ्याै !
रिठे केही बाेलेन ।

भाेलिपल्ट रिठे नागरिकताकाे सिफारिस लिन गाविस कार्यालयमा गयाे । कार्यालय बाहिर चप्पल खाेल्दै गर्दा “लाै शिवहरि ! रिठेबाट तिमी सदाकाे लागि जाेगियाै । ऊ तिम्राे छाेराे हाे भन्ने कुनै प्रमाण पनि अब छैन । आमा थिई त्याे पनि मरी । गाविसमा पनि वरबोटेकाे छाेरा रिठेनारायण भन्ने प्रमाण बन्याे । अब तिमीलाई झस्काउने काेही छैनन् । भाेज त दह्रो हुनुपर्छ है गाविस अध्यक्षकाे अावाज बाहिर प्रष्ट सुनिएकाे थियाे । शिवहरि मुसुक्क मुस्कुराएकाे झ्यालबाट रिठेले प्रष्ट देख्याे ।
*** *** *** ***
“ए रिठे ! लाश जलिसक्याे ।” स्नान गर्न हिंड” सँगै आएकाे साथीले भनेपछि ऊ झसङ्ग भयाे । सारा वृतान्त गाविस अध्यक्षकाे लाश आगाकाे ज्वालाले विलुप्त तुल्याएझैं हराएर गए ।