प्रहरी जवान आधारभूत तालिम समापन

everest kitchen


कास्की ।प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेश पोखरामा संचालित ७ औं समूहको प्रहरी जवान आधारभूत तालिम बुधबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रशिक्षार्थीहरुलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुको साथै उत्कृष्ट प्रशिक्षार्थी तथा उत्कृष्ट प्रशिक्षकहरुलाई पुरस्कार वितरण गरका हुन ।

Add
advertise

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक अर्यालले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा ईमानदारीपूर्वक लागू गर्न सकेमात्र तालिमको उपादेयता पूरा हुने बताएका छन् । प्रत्येक प्रहरी कर्मचारी प्रहरी संगठनको मात्र सदस्य नभई राज्यको समेत प्रतिनिधि हुने भएको उल्लेख गर्दै उनले प्रहरी कर्मचारीले आफ्नो संयमता गुमाए त्यसको नकारात्मक प्रभाव राज्यमा पर्ने भएकोले सदैब सचेत रहन उनले आग्रह गरे ।

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र गण्डकीका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक दिवेश लोहनीले प्रशिक्षार्थीहरुलाई शब्दोच्चारणबाट शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत गरेका थिए । तालिम संयोजक प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७६ साउन २० गतेदेखि संचालित उक्त तालिममा कुल २ सय २० जना प्रशिक्षार्थीहरु दिक्षित भएको जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर खत्री, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा लगायत पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, पूर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

(नेपाल प्रहरी )