दर्शकको मन जित्दै ‘बाल भो’ (सिरिज)

everest kitchen

काठमाडौं । पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ केही सुनसान जस्तै रह्यो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हास्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए ।

लकडाउनले छायाङ्कन देखी अन्य काम गर्न नपाउँदा प्रसारण रोकिएको बाङ्गो टिङ्गो लाई थाती राखदै ” बाल भो” सिरिजको प्रसारण सुरु भएको छ ।

Add
advertise

समाजका विभिन्न पाटोहरूलाई समेटेर हास्य रसका साथ प्रसारण हुने यस सिरिज अब पहिला झैँ नियमित प्रसारण गर्ने योजना रहेको सुशील पाण्डेले बताएको छ । ‘बाल भो !’ को ३ भाग युट्युबमा हेर्न सकिन्छ । ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रालिले निर्माण गरेको छ । यस्को छायांकन सुशिल पाण्डेले गरेका हुन भने निर्देशन पनी सुशिल पाण्डे (क्रमश) ले गरेका छन् ।

यस सिरिजमा अर्जुन खनाल,सुशिल पाण्डे, गणेश कंडेल, प्रमिला खत्री र अश्मिता दाहालको मूख्य भूमिका रहेको छ । ‘बाल भो !’को यस अङ्कमा सासु बुहारीको  घरयासी कथा बस्तुलाइ प्रस्तुत गरिएको छ ।

पुरा भिडियो हेर्न