पर्वत जिल्लाको देउपुरमा बाढी गएको भन्ने भिडियो झुटो

everest kitchen

काठमाडौं । “ पर्वत को देउपुर कोट मा ऐले सम्म कै ठूलो बाडी, शेयर गर्नुहोस र सुरक्षित रहनु होस् । धेरै भन्दा धेरै शेयर गरेर चाँडै भन्दा चाँडै सरकारी निकाय यहाँ पुगोस् । ” भन्ने क्याप्सन सहित “ नेपाली मन ” नामक फेसबुक पेजबाट प्रसारित लाईभ भिडियो पर्वत जिल्लाको कुनै पनि स्थानको नभएको पाईएकाे छ ।

Add
advertise

पर्वत जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त भिडियो पर्वतको नभई अन्यत्रको भएको र प्राकृतिक विपद जस्तो संवेदनशिल विषयमा समेत भ्रामक झुट्टा अफवाह फैलाउने विवरण दिई आम सर्वसाधारणहरुमा त्रास फैलाउन झुट्टो भिडियो प्रसारण गर्ने व्यक्ति उपर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

उक्त भिडियोको भ्रममा नपर्न र भिडियो बारे थप अनुसन्धान भैरहेको र दोषीलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले उल्लेख गरेको छ ।

केहि दिन अघिदेखि उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ । भिडियोमा बाढीले बस्तीको बिचबाट घरहरु बगाएको देखिएको छ ।