मलेसियामा गुणराज सुतेकै ठाउँमा अस्ताए

everest kitchen

क्वालालम्पुर । मलेसियामा एक नेपालीको सुतेको अवस्थामा मृत्यु भएको छ । भोजपुर बस्टिङ निवासी गुणराज राई सुतेको अवस्थामै मृत फेला परेका हुन ।

मलेसियाको काजाङ स्थित मित्रपोस सेक्युरिटी कम्पनीमा विगत दुई बर्ष देखि कार्यरत ४२ वर्षीया राई खाना खाएर साथीहरूसंगै सुतेका थिए । राति करिब २/३ बजेको समयमा रोएको जस्तो सुनिएको र बिहान हेर्दा सुतेकै ठाउमा मृतक अबस्थामा फेला परेको संगै काम गर्ने सुपरभाइजर मृतकका दाई नाता पर्ने मञ्जिल राईले जानकारी दिए ।

विगत ७ वर्ष अघि रोजगारीको शिलशिलामा मलेसिया आएका राई दुई वर्ष यता अबैधानिक हैसियतमा काम गरिरहेको बताएको छ । उनको शवलाई पोष्टमार्टमको लागि स्थानीय अस्पतालमा लाने तयारी भैरहेको मञ्जिल राईले बताए ।