स्वीस दुतावासद्धारा सरकारलाई ४० हजार पीसीआर किट

everest kitchen


काठमाडौँ । नेपालस्थित स्विजरल्यान्डको दूतावासले सरकारलाई ४० हजार पीसीआर किट र २ वटा रियल टाइम पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।

नेपालका लागि स्विजरल्यान्डकी राजदूत एलिजाबेथ भो क्यापलरले शुक्रबार उक्त सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

Add
advertise

स्विस कम्पनी रोशले निर्माण गरेको उक्त किटमध्ये २० हजार किट यसपटक र २० हजार अर्को लटमा दिइने बताएको छ । दूतावासले पीसीआर मेसिन भने प्रदेश एकलाई दिएको हो ।

यसअघि पनि स्विस दूतावासले नेपाललाई ३० हजार पीसीआर परीक्षण किट र ३० हजार आरएनए एक्स्ट्रयाक्सन किट उपलब्ध गराएको थियो ।