उपनिवेश : डा. विदुर चालिसे

लघुकथा : उपनिवेश

डा. विदुर चालिसे

बन्दकाे लामाे समयका बिच विद्यार्थीकाे दैनिक कक्षा अनलाइनमा चलिरहेकाे थियाे । कम्प्युटरकाे पर्दामा कक्षा लिने विद्यार्थीहरू थिए । काेठामा हल्ला खल्ला गरिरहेकाे अावाज सुनिएपछि तारा कम्प्युटरकाे छेउ मा आइन र डम्बर सरलाई भनिन ।”के राम्री छ र त्याे ? कति जिस्केकाे ?” डम्बर सरकाे मानसिक चञ्चलताका साथै राेमान्चक प्राध्यापन धर्म क्षाेभले लज्जित हुन पुग्याे । निलाे न निलाे चेहरा भएकाे डम्बर सरकाे कन्फ्युज साेच तेसै अल्मलिन थाल्याे । “प्राध्याापनकाे मर्म बुझ्नुपर्छ नि ! कक्षा भइरहेकाे समयमा पनि के जिस्केकाे ? साेमत !”
पर्दा अगाडि अनायास रिसकाे आवेग तुरिन
थाल्याे । ताराले पनि हेलित महसुस गरेर डम्बर सरलाई जवाफ फर्काइन । “त्यस्ताे जाबाे ताई न तुईकाे गफ गरेर त म कति पढाइदिन्छु कति ! कम्प्युटरकाे पर्दामा पढ्ने भनेकाे तरूनीहरूसँग जिस्किने काम मात्रै हाे त ?”
ताराकाे शङ्काले डम्बर सरकाे रिसकाे ज्वार झन झट्किन थाल्याे । उनी तिर्मिराउन थाले । उनकाे मुखबाट अचाक्लीकाे रिसकाे झाेक दर्के पानी झैं दर्क्याे ।
–“लाै प्राध्यापन गर्नु नि त ! मैले विद्यार्थीलाई दिएँ !”
कम्प्युटरकाे पर्दामा कक्षा लिइरहेका छात्राहरू त्यसै अलमल्ल परे । ताराले कम्प्युटर यताउता समाइन अनि कम्प्युटरका कि-बाेर्डमा क्याचकिच थिचिन । त्यसपछि चलिरहेकाे क्लासकाे कम्प्युटरकाे पर्दा अफ भयाे । नेट पनि डिस कनेक्ट भयाे । त्यसपछि उनी डम्बर सरकाे अगाडि मरिमरि हाँस्न थालिन ।
–“मेराे एक लेक्चरमा विद्यार्थी पास आउट !”
डम्बर सरकाे मनकाे रिस, मुखकाे शब्द र अनुहारकाे मैलाे रङ एकै पटक ताराकाे ठट्टा माथि बज्रिदियाे ।
–“महासया प्राध्यापिका !”
डम्बर सरले यति मात्रै के सम्बाेधन गरिदिएका थिए । ताराकाे रिसकाे खिल जुरूक्क उठ्याे । उनी त्यसै रणचण्डी बन्न थालिन । महासया प्राध्यापिकाकाे आदर्श भारले गलित भएर डम्बर सरकाे विद्वतातिर प्रहार गर्न पुगिन । “धेरै फुटानी नलाउनु ! मैले घर नधानिदिएकाे भए तपाईं कसरी प्राध्यापक हुनुहुन्थ्याे त ?”
नाजवाफ भएका डम्बर सरले छात्राहरूसँग अाजकाे अनलाइन कक्षा समाप्त गरिदिए । ताराले अाफुलाई भान्सामा रिप्लेस गरिन । डम्बर सर साेचिरहेका थिए । विद्यार्थीहरूलाई नयाँ सिकाइ प्रविधिकाे उनी प्रयाेग गरिरहेका थिए । उनकाे चेतनामा थाेपरिँदै गएकाे ताराकाे
चिम्ट्याइलाे लान्छना माैलाइरहेकाे थियाे । निकै अाैडाहामा कम्प्युटर तह लगाइरहेका डम्बर सरले परपर हेर्दै भराेसाका आँखा नलाई साेधिरहेका थिए ।
–“साम्राज्यकाे उपनिवेशले आज पनि फेरि काेर्स बदलियाे ?”
अमिलाे धुँवाकाे मैलाे दृश्यबाट लगातार आवाज आइरह्याे । “आफ्नु त के नै छ र यस घरमा ?, बेचिएकी !”