नयाँ संक्रमित बढ्दै जादा सुधारिएको आवागमन नियन्त्रण आदेश (आरएमसीओ) कडाइको तरखरमा मलेसिया

everest kitchen

क्वालालम्पुर । मलेसियामा गएको २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन् । केहि दिन अघि संक्रमित शुन्यको नजिक रहेकोमा फेरि बढ्न थालेको तथ्यांकले देखाएको छ ।

मलेसियामा नया बिरामि बढदै जादा सरकारले सुधारिएको आवागमन नियन्त्रण आदेश (आरएमसीओ) लगायत विविध कानुनहरू फेरि कडाईका साथ लागू गर्ने तरखरमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार अबको केहिदिनमा पनि संक्रमित बढेमा कोरोना नियन्त्रणका उपाय र कानुनहरु सशक्त तरिकाले लागु गरिने बताएको छ

Add
advertise

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२३ रहेकाे छ भने ८ हजार ८८४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गएको २४ घण्टामा १७जना डिस्चार्ज भएपछि ८ हजार ५९४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १६७ जनामा संक्रमण सक्रिय रहेको छ ।