मलेसियामा फेरि एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु

everest kitchen


क्वालालम्पुर । मलेसियामा फेरि एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । धनुषाका अन्दाजी ३८ वर्षीय प्रविन झाको शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको हो ।

रोजगारीको सिलसिलामा विगत ७ महिना अगाडि मलेसियाको सेलाङगर स्थित डायनमिक सेक्युरिटी कम्पनिमा काम गर्न आएका उनको कम्पनीको सेलाङगर आस्रङगा टोपिकाना स्थित कम्पनीको होस्टेलमा मृत्यु भएको संगै कार्यरत भोजराज न्यौपानेले जानकारी दिए ।

Add
advertise

न्यौपानेका अनुसार शुक्रबार अर्थात २४ तारिख साझ ड्युटीबाट आएर खाना खाएर सुतेका उनी बिहान अबेर सम्म नउठे पछि साथिहरुले उठाउन खोज्दा मृत अवास्थामा फेला परेका हुन ।

झाको शवलाई पोस्टमार्टमको लागि स्थानीय एक अस्पतालमा लिएको छ । के कति कारणले उनको मृत्यु भएको भन्ने बारे रिपोर्ट आइनसकेको झासंगै कार्यरत नेपालीहरुले बताए ।

मृतकको घरमा बुवाआमा संगै श्रीमति, एक छोरा र एक छोरी रहेको बुझिएको छ।

त्यस्तै केही दिन अघिमात्र भोजपुरका ४२ वर्षीय गुणराज राईको पनि सुतेकै अवस्थामा मृत फेला परेका थिए ।