पाँच मुक्तक : रोहित सैजु,

everest kitchen
रोहित सैजु,

मुक्तक १
शीतल हावापानी मन्द मन्द लाग्छ
चराहरुका चिरबिर बुलन्द लाग्छ
सहरमा सधैं कोलाहल मात्र हुन्छन्
गाउँले जिन्दगानीमा आनन्द लाग्छ

मुक्तक २,
एकतमासले मान्छेमा हतार भएको देख्छु
अकस्मात् ! दौडिदैं वारपार भएको देख्छु
खै, कस्तो कस्तो दिन देख्नुपर्ने हो अझैँ
रुपियाँमा जननी बेच्न तयार भएको देख्छु

मुक्तक ३,
रुखमा झुण्डाइ बान्दिन मन लाग्छ
जुत्ता चप्पलले हान्दिन मन लाग्छ
गफ दिने तरिका हदै पार गरेपछि
नेताको थुतुनोनै तान्दिन मन लाग्छ

मुक्तक ४,
मान्छेहरुको हृदयमा मानवता हराएछ
खोज्दै छु म दिनरात खै कता हराएछ
छिमेकीले बारम्बार सीमा हडप्दा पनि
गोर्खालीको सन्तानमा वीरता हराएछ

मुक्तक ५,
संसारमा नारीको छुट्टै स्थान छ
इतिहास पढ बेग्लै पहिचान छ
म पनि पुज्छु यो धर्ती मातालाई
नारी माथि मेरो पूर्ण सम्मान छ

(रोहित सैजु, रामेछाप )