कोरोना: मलेसियामा मृत्यु हुनेको सङ्ख्या १ सय २४ पुग्यो, नयाँ संक्रमित १३ जना

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म १३ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ८ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा ६ जना डिस्चार्ज भएपछि ८ हजार ६०० जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।