जेष्ठ नागरिक र बालबालिकालाई सहयोगी नेपालको नि:शुल्क स्वास्थ्य परिक्षण र सहयोग

everest kitchen


काठमाडौं । सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका तथा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

हरेक शनिवारको जस्तै यस शनिबार पनि संस्थाले ललितपुर महानगरपालिका -१८ भैसेपाटिमा एक कार्यक्रमको आयोजना गर्दै ५ बर्ष भन्दा मुनिका ३४ बालबालिका र १८ जना जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा नि:शुल्क विभिन्न सामाग्री वितरण गरेको सहयोगी नेपालका कोषाध्यक्ष गोपाल ओझाले जानकारी दिए ।

Add
advertise

ओझाका अनुसार बालबालिकालाई कापी, कलम, पुस्तकहरू, सेरलेक्स, अण्डा, साबुन र १५ केजी चामल वितरण गरिएको थियो । त्यस्तै जेष्ठ नागरिकहरुलाइ हर्लेक्स, अण्डा, चामल, साबुन, ओखर , काजू र एकएक वटा पछ्यौरी वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का कार्यकारी सदस्य सचिव तथा आईओएमका प्रध्यापक डाक्टर प्रदिप ज्ञवालीले नि:शुल्क स्वास्थ्य सेवा दिएका थिए । सेवा दिने क्रममा डाक्टर ज्ञवालीले सहयोगी नेपालले सकरात्मक काम गरि रहेकोले आफुले सकेको सहयोग गर्ने बताएका थिए ।

उक्त संस्थाले नेपालमा जारी लकडाउनले खाद्यान्न समस्या भएका सयौं परिवारलाई यसअघि पनि विभिन्न चरणमा सहयोग गरेको थियो । संस्थाले विशेषगरी बालबालिका र जेष्ठ नागरिकको लागि काम गर्दै आएको छ ।